कोरोनाको समयमा ध्यान दिनुपर्ने कुराहरु
दन्तचिकित्सा क्षेत्र तथा दन्तचिकित्सक हरु जोखिमको उच्च विन्दुमा रहेको अहिलेको अवस्थामा कोरोना संक्रमणबाट बच्नको निम्ति धेरै कुरामा ख्याल राख्नु पर्द्छ!
सामान्य समस्याहरुको समधान घरमै बसेर चिकित्सकहरुको सल्लाह बमोजिम निको पार्न सकिन्छ!
एकदमै आकस्मिक समस्या परेमा मात्र अस्पताल वा क्लिनिकमा जान पर्दछ।
के हुन दन्तचिकित्साका आकस्मिक अवस्थाहरु?
दाँत तथा मुखसम्बन्धि आकस्मिक अवस्थाहरु
१, सहनै नसकिने गरेर दाँत दूखेमाः किराले खाएको दाँत नसा छुने अवस्थामा पुगेमा दाँत सहनै नसकिने गरेर दुख्न सक्दछ। दाँतको दुखाई मुखको अन्य भागमा सरेको अवस्था तथा दुखाइ कम गर्ने औषधि खाँदा पनि कम नभएमा नजिकैको अस्पताल वा क्लिनिकमा सम्पर्क राख्नुपर्दछ।
२, अत्यधिक मात्रामा रक्तश्राव भएमा वा रगत नरोकिएमा
३, दुर्घटना वा अन्य कारणले दाँत भाँचिएमा वा झरेमा
४,सङ्क्रमण वा चोटपटकको कारणले गर्दा अनुहार, गाला वा घाँटि वरिपरि सुन्निएर थुक निल्न वा सास फेर्न गार्हो भएमा
५, विभिन्न कारणले गर्दा मुखको हड्डि भाँचिएमा वा पुरै मुख बन्द भएमा